PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

प्रधानमन्त्रीले भने–संविधान संशोधनमा एमाले र राप्रपा बाधक



रासस

प्रधानमन्त्रीले भने–संविधान संशोधनमा एमाले र राप्रपा बाधक

जनकपुरधाम : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी (राजपा) निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरेका छन्। 

जनकपुरधाममा आज पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्रीले मधेसका मुद्दाको सम्बोधन क्रमशः हुँदै गएका कारण राजपालाई निर्वाचनमा जान वातावरण बनेको बताए। 

संविधान संशोधनमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाधक देखिएको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपाली कांग्रेस संविधान संशोधन विधेयकलाई पारित गराउन अग्रसर रहेको बताए। 


उनले एशियाली विकास बैंकको आयोजनाअन्तर्गत जनकपुरमा भइरहेको सडक र ढल निर्माण कार्यमा सहयोग गर्न जनकपुरवासीसँग आग्रह गरे। 

प्रधानमन्त्रीले निर्वाचनमा नेकपा माओवादी केन्द्रलगायत इच्छुक दलसँग कांग्रेस तालमेल गर्ने पक्षमा रहेको बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell