PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

१२ घण्टापछि राजमार्ग एकतर्फीरुपमा सञ्चालन



रासस

नवलपरासी : पहिरो खसेर अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने क्षेत्रमा एकतर्फीरुपमा सवारीसाधन सञ्चालनमा आएको छ। 

दाउन्ने पहाडका ठूलाठूला पहिरो सडकमा खसेका कारण गएरातिदेखि अवरुद्ध बनेको राजमार्गको पहिरो हटाएपछि एकतर्फीरुपमा सवारीसाधन सञ्चालनमा आएको प्रहरीले जनाएको छ। अहिले पनि सो क्षेत्रमा पहिरो हटाउने क्रम जारी छ। 

सडक विभागले बाँकी पहिरो हटाएर सडक दुईतर्फीरुपमा सञ्चालन गर्ने तयारीमा भएपनि धेरै स्थानमा पहिरो खसेका कारण समस्या भएको छ। 

दाउन्नेका विभिन्न स्थानमा पहिरो खसेपछि गएरातिदेखि सो क्षेत्रमा सयौँ सवारीसाधन सहित हजारौँ यात्रु अलपत्र परेका थिए। दाउन्नेमा रहेको प्रहरी चौकीदेखि करिब ५० मिटर पश्चिमको भागमा वर्षाका कारण सबैभन्दा ठूलो पहिरो खसेको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell