PahiloPost

Mar 30, 2026 | १६ चैत्र २०८२

डाक्टर गोविन्द केसीको विषयमा छलफल गर्न प्रम देउवाले डाके शीर्ष नेता



पहिलोपोस्ट

डाक्टर गोविन्द केसीको विषयमा छलफल गर्न प्रम देउवाले डाके शीर्ष नेता

काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख दलका शीर्ष नेताको बैठक डाकेका छन्।

चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि अनशनरत केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गर्दा देउवाले छलफलका लागि दलका नेताहरु डाकेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा अहिले चार बजे प्रतिपक्षी तथा सत्तारुद्ध दलका नेतालाई डाकेका हुन्।
 
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि उनले बोलाएका हुन्।

अनशनरत डाक्टर केसीको सामुहिक प्रयासबाट मात्रै केसीका माग सम्बोधन गर्न सकिने भएकाले बैठक डाकेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell