विश्व कीर्तिमानी रकममा स्पानिस क्लब बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका ब्राजिलियन फरवार्ड नेमारले आफूलाई चुनौती चाहिकोले फ्रान्सेली क्लब गएको बताएका छन्। पिएसजी पुगेपछि नेमारले सामाजिक सञ्जाल इन्स्टाग्राममा लामो सन्देश लेख्दै उक्त खुलासा गरेका हुन्।
यस्तै उनले आफ्ना बाबुको आग्रह इन्कार गरेकोमा क्षमा समेत मागेका छन्। नेमारले टेक्स्ट समेत राखेर उक्त भिडियो इन्स्टाग्राममा राखेका छन्।
२५ वर्षिय नेमारले चार सिजन नोउ क्याम्पमा बिताउँदा युरोपियन च्याम्पियन्स लिग सहित कूल ७ मुख्य उपाधि जिते। जसमा दुई ला लिगा उपाधि समेत सामेल छ।
एक वर्षमा ४५ मिलियन युरो कमाउने नेमारले लेखेका छन्, 'एउटा प्लेअरले जित्न सक्ने मैले सबै जितिसकेँ। तर एउटा खेलाडी (मेरो) लागि चुनौती अवश्यक छ।'
नेमारका बाबु नेमार सिनियरले उनलाई बार्सिलोनामै बस्न अनुरोध गरेको पनि उनले लेखेका छन्। र मेरो जीवनमा दोस्रो पटक मैले मेरो बुबालाई इन्कार गरेँ।
'सरी पापा म तपाईको विचारलाई रेस्पेक्ट गर्छु तर मैले मेरो निर्णय गरिसकेँ। र मलाई यसअगाडी जस्तै समर्थन गर्न आग्रह गर्छु।'
यस्तै नेमारले बार्सा सहकमर्मी लियोनल मेसीको पनि प्रसंशा गरेका छन्। नेमारले आफ्नो लाइभ टाइममा देखेकोमध्ये मेसी सबैभन्दा उत्कृष्ट रहेको बताएका छन्।
'म पक्का छु म जीवित रहँदासम्म मैले मेसी जस्तो अर्को खेलाडी कहिल्यै देख्ने छैन। पिच र पिच बाहिर मेसी मेरो साथी बनिरहे। मेसीसँग खेल्न पाउनु सम्मान हो।'
'मैले मेसी र सुवारेजसँग ट्रिओ बनाएँ जसले इतिहास रच्यो खेलाडीको रुपमा हासिल गर्न सक्ने सबै उपलब्धी आत्मसाथ गर्यो, सम्झनलायक समय बितायौँ जुन ठाउँ एउटा शहर भन्दा धेरै हो, इट इज होमल्याण्ड'
'आई लभ क्याटालोनिया एण्ड बार्सिलोना'
नेमारले पेरिसियन क्लबमा ज्याभिएर पास्टोरले लगाउने दश नम्वरको जर्सी लगाउनेछन् भने एक सातामा ५ लाख पाउण्ड कमाउनेछन्।