PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

केपी ओलीले शिक्षकलार्इ भने, ‘जबलेस-मास्टर’



पहिलोपोस्ट

केपी ओलीले शिक्षकलार्इ भने, ‘जबलेस-मास्टर’

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका शिक्षकहरुलार्इ ‘जबलेस मास्टर’को संज्ञा दिएका छन्।

अनेरास्ववियु केन्द्रीय शैक्षिक विभाग र संघीय मामिला तथा कानुन विभागद्वारा आयोजित कार्यक्रममा अध्यक्ष ‍ओलीले शिक्षकहरु कतै जागिर नपाएर शिक्षण पेशामा लागेको भन्दै नेपालका शिक्षकहरुलार्इ ‘जबलेसमास्टर’को संज्ञा दिएका हुन्। 

‘बीए, एमए, पास गरेर जागिर पाइँदैन, केहीले सुसाइड गर्छन् सुसाइड गर्न नसकेका मानिस शिक्षक बन्छन्,’ अलीले भने।

ओलीले सिंहदरबार गाउँ–गाउँमा पुगे पनि यसलार्इ गाउँपालिकाले धान्न सक्ने कि नसक्ने भन्ने कुरामा शंका व्यक्त गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell