
- चन्द्रकान्त खनाल
आज दिउसो भण्डारीमाथि गोली प्रहार भएको हो। गोली प्रहारको मनोज पुनले जिम्मा लिएका छन् । चन्दा नदिएपछि उनीमाथि गोली प्रहार गरेको पुनले भण्डारीका छोरा दीपकलाई टेलिफोन गरी बताएका हुन्।
३० लाख चन्दा मागेको तर नदिएका कारण गोली चलाएको फोनमा पुनले बताएको दीपकले जानकारी दिए। उनी बुटबल र आसपासका क्षेत्रमा आपराधिक गतिविधिमा संलग्न हुँदै आएका छन्। पुनले थप आक्रमण गर्ने चेतावनीसमेत दिएका छन्। ।
पुनकै योजनामा यसअघि युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएको थियो। पुन प्रहरीको व्यापक खोजीको सूचीमा छन्।