PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

अफगानिस्तानमा फेरि मारिए एक नेटो सैनिक, ६ घाइते



रासस

अफगानिस्तानमा फेरि मारिए एक नेटो सैनिक, ६ घाइते
फोटो श्रोतः bbc.com

कान्दाहारः अफगानिस्तानको राजधानी काबुलको बाहिरी इलाकामा भएको एक आत्मघाती आक्रमणमा परी शुक्रबार पनि एकजना नेटो सैनिक मारिएका छन्। 

अफगानिस्तानमा बिहीबार मात्र दुई जना अमेरिकी नेटो सैनिकको हत्या भएको थियो। शुक्रबार एक नेटोआवद्ध सैनिक मारिनुको साथै अन्य छ जना घाइते भएको समाचारमा जनाइएको छ। 

बिहीबार कान्दाहारको विमानस्थलमै तालिबानले गरेको आक्रमणमा दुई अमेरिकी सैनिक मारिएका थिए। 

काबुलबाट उत्तरी इलाकामा शुक्रबार एक आत्मघाती व्यक्तिले बिहान प्रहरी चौकीमा आक्रमण गरेका थिए। आक्रमणमा पाँच विदेशी सैनिक र एक भाषा अनुवादक घाइते भएका छन्। 

अफगानिस्तानको टोलो टेलिभिजनका अनुसार मारिएका र घाइते भएका ती सैनिक कुन देशका हुन भन्ने बारेमा नेटो सैनिकले प्रष्ट गरेको छैन। 

अफगानिस्तानमा सन् २०१५ को अन्त्यदेखि नेटो सैनिक फर्किएको भनिए पनि हाल १३ हजार अमेरिकी नेतृत्वका नेटो सैनिक बाँकी रहेका छन्। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell