PahiloPost

Jun 24, 2025 | १० असार २०८२

कानुनमन्त्री थापाले भने– अब नेपालमा ७७ जिल्ला कायम हुन्छ 



पहिलोपोस्ट

कानुनमन्त्री थापाले भने– अब नेपालमा ७७ जिल्ला कायम हुन्छ 

 पोखराः  कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापाले नेपालमा अब ७७ जिल्ला कायम हुने बताएका छन्। 

शुक्रबार पोखरामा आयोजित ‘बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कार’ वितरण समारोहलाई सम्वोधन गर्दै मन्त्री थापाले ७५ जिल्लाबाट २ जिल्ला थपेर ७७ जिल्ला बनाउने गरि कार्यविधि अगाडि बढेको बताए। 

राजनीतिक पार्टीहरुको सहमतिमा मन्त्रालयबाट आएको प्रस्ताव अनुसार ७७ जिल्ला हुने मन्त्री थापाले बताए। उनले कायम रहेका ७५ जिल्ला मध्ये कुन–कुनलाई फुटाएर नयाँ जिल्ला बनाउने भन्ने वारे केही खुलाएनन्।

कार्यक्रममा बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कारबाट पोखराका पत्रकार गंगाधर पराजुलीलाई सम्मान गरिएको छ।

पत्रकार बालकृष्ण उग्रताराको स्मृतिमा उनका परिवारद्वारा स्थापित र पोखरा एक्सप्रेस पाक्षिक पत्रिकाद्वारा सञ्चालित नगद २० हजार १ सय ११ सहित सम्मानपत्रले पराजुलीलाई सम्मान गरिएको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell