PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

नेपाल आइडलबाट आउट प्रताप लामाले ल्याए नयाँ गीत



पहिलोपोस्ट

नेपाल आइडलबाट आउट प्रताप लामाले ल्याए नयाँ गीत

काठमाडौं: गायक तथा नेपाल आइडल प्रतियोगी रहेका प्रताप लामाले नयाँ गीत सार्वजनिक भएको छ। गीत शुक्रबार भिडियो सहति युट्युबमार्फत सार्वजनिक भएको हो।

'तिमी थियौ बोलको गीत'मा स्वर, शब्द र संगीत पनि प्रताप लामाको नै रहेको छ। लामा नेपाल आइडल २०१७ का लागि सहभागी रहेका थिए। यसअघि उनले नेपाली तारामा पनि उत्कृष्ट १० मा ठाउँ बनाउन सफल थिए। गीत एरेन्ज रिकेश गुरुङले गरेका हुन्।

सान थापाको निर्देशनमा बनेको भिडियोमा बिकास लामिछाने र सुनिका बस्नेतको फिचरिङ रहेको छ। जसलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।

हेर्नुस् भिडियो:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell