PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

श्यान्टू र पुरुषोत्तम उपाधिका लागि भिड्ने



पहिलोपोस्ट

श्यान्टू र पुरुषोत्तम उपाधिका लागि भिड्ने

काठमाडौं : नेपाल पुलिसका श्यान्टू श्रेष्ठ र नेपाल एपीएफका पुरुषोत्तम वज्राचार्य नवौं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुलातर्फ पुरुष सिंगल्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।

राष्ट्रिय च्याम्पियन श्यान्टुले एपीएफका अमरलाल मल्ललाई ११–५, ११–९, ११–७, १२–१० तथा पुरुषोत्तमले प्रहरीका पूर्व राष्ट्रिय च्याम्पियन दीप साउनलाई ११–९, ९–११, ११–८, ९–११, ११–४, ५–११, ११–५ को सेटमा पराजित गरे।

कलेजतर्फ भने श्यान्टूले पुरुष सिंगल्समा स्वर्ण जिते। कलेजको प्रतिस्पर्धामा प्राइम कलेजको प्रतिनिधित्व गरेका श्यान्टूले फाइनलमा लिभरपुल इन्टरनेसनल कलेजका रितिज जोशीलाई ११–६, ११–४, ११–८ को सोझो सेटमा हराए। टाइम्सका मणिकुमार लामा र सीसीआरसीका आयुश महर्जनले तेश्रो भए।

मिडियातर्फ पुरुष सिंगल्सको फाइनलमा ट्रि मिडियाका दीपक नेपालीले एनटीभीका मनोहरी थापालाई ११–८, ११–३, ११–४ को सेटमा हराए। हाम्रो खेलकुदका दीपेश तिमल्सिना र एनटीभीका मदन अचार्य तेश्रो भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell