PahiloPost

Jun 24, 2025 | १० असार २०८२

पैसाका लागि बार्सा छाडेको होइन, पिएसजीबाट च्याम्पियन्स लिग जित्न चाहन्छु : नेमार



पहिलोपोस्ट

पैसाका लागि बार्सा छाडेको होइन, पिएसजीबाट च्याम्पियन्स लिग जित्न चाहन्छु : नेमार

ब्राजिलियन फरवार्ड नेमारले पैसाको लागि विश्वकीर्तिमानी रकममा बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन (पिएसजी) नगएको भन्दै मानिसले यस्तो सोच्दा दु:खी भएको प्रतिक्रिया दिएका छन्।

कीर्तिमानी २२२ मिलियन युरोमा पेरिसियन क्लब पिएसजी पुगेका नेमार पहिलो पटक क्लबको अफिसियल पत्रकार सम्मेलनमा उपस्थित भएका थिए। जहाँ उनले प्रशनहरुको उत्तर दिने क्रममा आफू पैसाबाट मोटिभेटेड नभएको बताए।

यही शनिबार पिएसजीको पहिलो लिग खेल खेल्न तयार रहेको नेमारले आफूमाथि कुनै  दबाब नभएको समेत प्रष्ट पारे।  

पार्क डे प्रिन्समा नेमारलाई प्रस्तुत गर्ने क्रममा उनलाई पैसाको लागि बार्सा छाडेको हो भनेर सोधिएको थियो जवाफमा उनले भने, 'म ति मानिसहरुलाई के भन्न चाहन्छु भने उनीहरुलाई मेरो व्यक्तिगत जीवनबारे केही थाहा छैन। म कहिल्यै पैसाबाट प्रेरित छैन।'

'यदी म पैसाकै लागि पछि लाग्थेँ भने म अन्त कतै हुने थिएँ अन्य देशका अरु नै क्लबमा। मानिसहरुले त्यस्तो सोच्दा म एकदमै दु:खी छ र पिएसजीले मलाई विश्वास गरेकोमा म खुशी छ।'

नेमारले पिएसजीमा इतिहास रच्न चाहेको भन्दै पिएसजीबाट खेल्दै युरोपियन च्याम्पियन्स लिग जित्न चाहेको बताए। 'म पिएसजीमा इतिहास लेख्न चाहनुछु। यो नै एक मात्र कारण हो। त्यहाँ नयाँ चुनौती छ र म इतिहास लेखनमा सहयोग गर्न चाहन्छु। हाम्रो सबैभन्दा ठूलो चुनौती च्याम्पियन्स लिग हो तर सबै ट्रफी चाहन्छौँ।'

यस्तै नेमारले लियोनल मेसीसँग खेल्नका लागि बार्सिलोना गएको पनि बताए।

तर पिएसजीमा एउटा विशेष खेलाडीको लागि खेल्न गएको नभई क्लबको प्रोजेक्ट राम्रो लागेको बताए।

शुक्रबारै पिएसजीले नेमारलाई  आफ्नो खेल मैदानमा प्रस्तुत गरेको छ।
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell