
काठमाडौं: फिल्म ‘ग्याङस्टर ब्लूज’को नयाँ गीत सार्वजनिक भएको छ। फिल्मको दोस्रो गीत 'आधा कुरा' युट्युबमार्फत भिडियो सहित सार्वजनिक भएको हो। गीतले बिछोडको कथा बोल्छ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार आशिरमान देशराज जोशी, संयम पुरी र आना शर्माको फिचरिङ रहेको छ। कालीप्रसाद बास्कोटाको संगीत रहेको गीतलाई सनुप पौडेलले गाएका हुन्। गीतमा एकतारे/कालीप्रसादको शब्द रहेको छ। भदौ २ गते रिलिज हुने फिल्म प्रचारका लागि युनिटले गीतलाई माध्यम बनाएको छ। यसअघि अजम्बरी प्रेम पनि सार्वजनिक छ।
हेमराज बिसी निर्देशित फिल्ममा आशिरमान देशराज जोशी, आना शर्मा, संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरी, रामबाबु गुरुङ लगायत कलाकारको अभिनय रहेको छ।
हेर्नुस् भिडियो: