PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

तारबारले घेरेर यसरी हुँदैछ भरतपुरमा मतगणना, हेर्नुस् फोटो

तारबारले घेरेर यसरी हुँदैछ भरतपुरमा मतगणना, हेर्नुस् फोटो

राजेन्द्र आचार्य/पहिलोपोस्ट


चितवन : सर्वोच्च अदालतको आदेश अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १९ मा आज भएको पुनः मतदानपछि राति ११:२० बजेदेखि मतगणना सुरु भएको छ।

मतगणनाको निरीक्षण गर्न उम्मेदवार र जिल्ला स्तरीय नेताहरु मतगणनास्थलमा उपस्थित छन्। उनीहरु र मतगणना भइरहेको ठाउँको बीचमा  तारबारको जाली रहेको छ। 

मतपत्र च्यातिएको घटनाबाट सचेत हुँदै सुरक्षा व्यवस्था कडा पारिएको छ। 

आज मतदान भएको वडा नम्बर १९ र यसअघि नै मतदान भइसकेको वडा नम्बर २० गरी दुई वटा वडाको मतगणना बाँकी छ। 

चार टोलीमा मतगणना गरिनेछ भने ४०० वटा मत गणना भइसकेपछि मात्रै नतिजा सार्वजनिक गरिने जानकारी दिइएको छ। 

आज ७५.५८ प्रतिशत मतदान भएको छ। यसअघि २ हजार ८ सय ९७ मत खसेकोमा यस पटक २७ मत कम अर्थात् २ हजार ८ सय ७० मत खसेको हो। यो वडामा ३ हजार ७ सय ९७ मतदाता छन्।

हालसम्मको मतगणनामा ७ सयभन्दा बढी मतले एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीको अग्रता छ। 
 
 


ट्रेन्डिङ पोस्ट

Ncell