PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

६ हजार भोटले गर्नेछ देवी र रेणुको भाग्यको फैसला



राजेन्द्र आचार्य

६ हजार भोटले गर्नेछ देवी र रेणुको भाग्यको फैसला

चितवन : भरतपुर महानगरपालिकाको मेयरको कुर्सीमा एमाले उम्मेदवार देवी ज्ञवाली बस्छन् कि माओवादी केन्द्रकी उम्मेदवार रेणु ज्ञवालीको फैसला भोलिसम्म भइसक्नेछ। 

देवी र रेणुको भाग्यको टुङ्गो लगाउनेछ करिब ६ हजार भोटले। 

भरतपुर महानगरपालिकामा पहिलो चरणमा मतदान भएको हो। तर राजनीतिक र कानुनी विवादका कारण दोस्रो चरणका सबै मतपरिणाम सार्वजनिक भइसक्दा पनि भरतपुरले जनप्रतिनिधि पाउन सकेको छैन। 

भरतपुर महानगरपालिकाका अन्य सबै वडाको मतगणना सकिसकेर वडा नम्बर १९ र २० को मतगणना बाँकी छँदा गत जेठ १४ गते मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना रोकिएको थियो। 

लामो समयको विवादपछि आज वडा नम्बर १९ मा मतगणनासँगै राति सवा ११ बजेदेखि मतगणना सुरु भएको छ। वडा नम्बर १९ मा झण्डै २९ सय मत खसेका छन् भने वडा नम्बर २० को मतपेटिका खोलिएको छैन। त्यहाँको  ३ हजार ३ सय २ मत गणना गर्न बाँकी छ । 

दुई वडा बाहेक मतगणना सकिएका २७ वटा वडाको मतगणनामा एमालेका उम्मेदवार देवीप्रसाद ज्ञवालीले ४० हजार ९८० मत प्राप्त गरेका थिए भने माओवादी–कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालले  ४० हजार १९४ मत पाएकी थिइन्।

दुई वटा वडाको मत नजोड्दा पनि एमाले उम्मेदवार ज्ञवाली ७ सय ८४ मतको अन्तरले अगाडि छन्। उनलाई पराजित गर्न बाँकी ६ हजार भोटमा रेणुको पक्षमा उल्लेखनीय मत आउन जरुरी हुन्छ। के यो सम्भव हुन्छ? भोलिसम्ममा थाहा हुनेछ।

 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell