PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

डोटीमा जिप दुर्घटना: ९ जनाको मृत्यु, चार जना गम्भीर घाइते



पहिलोपोस्ट

डोटीमा जिप दुर्घटना: ९ जनाको मृत्यु, चार जना गम्भीर घाइते

डोटी: अबेर राति यात्रु बोकेको जिप दुर्घटना हुँदा चालकसहित नौ जनाको मृत्यु भएको छ। दुर्घटनामा चारजना गम्भीर घाइते भएका छन्।

दिपायलदेखि चवरा चौताराका लागि हिँडेको से १ ज ४९१ नंको जिप शुक्रबार राति करिब १० बजेतिर बोगटान गाउँपालिका–६ गगुडाको कटैगाउँ धार भन्ने ठाउँमा दुर्घटनामा परेको हो। मृत्यु हुनेमा एक महिला र आठ पुरुष रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

दुर्घटनामा मृत्यु भएका चालकसहित नौ जनाको सनाखत भएको छ। मृत्यु हुने सबै बोगटान गाउँपालिका–१ सिमचौर चपरर्तोलाका हुन्। २८ वर्षीय चालक विष्णु नेगी भने शिखर नगरपालिका–१ कपल्ले डोटीका स्थायी बासिन्दा हुन्।

दुर्घटनामा परी बोगटान गाउँपालिका–१, सिमचौरका ३५ वर्षीय विष्णुबहादुर मगर, ५५ वर्षीय भीम घर्ती मगर, ५० वर्षीय बूढो घर्ती मगर र ४५ वर्षीय गोरख थापा मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै ४८ वर्षीय शशिराम पुन मगर, ४५ वर्षीया ललितादेवी पुन, ४० वर्षीय टेकबहादुर पुन मगर र ३० वर्षीय चन्द्रबहादुर घर्ती मगरको पनि मृत्यु भएको जिप्रका, डोटीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए।

सात जना गम्भीर घाइते भएकामा चार जनाको अवस्था चिन्ताजनक छ । घाइतेलाई उपचारका लागि अहिले साढे ८ः३० बजे सदरमुकाम दिपायल लगिएको छ। सदरमुकाम पुग्न तीन घण्टा लाग्ने देखिएको छ ।

दिपायलदेखि चवरा चौताराका लागि हिँडेको से १ ज ४९१ नंको जिप राति करिब १० बजेतिर बोगटान गाउँपालिका–६ गगुडाको कटैगाउँ धार भन्ने ठाउँमा दुर्घटनामा परेको हो।

जिप सडकबाट करिब ४०० मिटर तल खसेको छ। जिपमा कुल १६ जना सवार भएकामा तीन जनाको अवस्था सामान्य छ। उनीहरुले हामफालेर ज्यान जोगाएका छन्। चिप्लो कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell