PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

हत्याका आरोपी ११ वर्षपछि भारतमा पक्राउ



पहिलोपोस्ट

हत्याका आरोपी ११ वर्षपछि भारतमा पक्राउ

बैतडी: हत्या आरोपमा प्रहरीको फरार सूचीमा रहेका एक अभियुक्तलाई दार्चुला प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बझाङको साबिक दहबगर–५ का ४० वर्षीय खण्डे भनिने खड्गबहादुर धामी रहेको जिप्रका दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए। खण्डेलाई २०६४ भदौ २५ गते राति १२ बजे भाउजु नाता पर्ने कन्थरी धामीको हत्या गरी फरार रहेको अभियोग लगाइएको छ।

खण्डे भारतमा रहेको भनी बझाङ प्रहरीले एक महिना अगाडि दार्चुला प्रहरीलाई खबर गरेको थियो। दार्चुला प्रहरीले शुक्रबार भारतीय प्रहरी समन्वयमा भारतको पिथौरागढ जिल्लाको मुन्सियारीबाट पक्राउ गरेको प्रनाउ खनालले जानकारी दिए। लुकेर रहेका खण्डेलाई दार्चुला प्रहरीले भारतको मुन्सियारीमा लुकेर बसेको भन्ने विशेष सुराकीका आधारमा पक्राउ गरेको हो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell