PahiloPost

Jun 24, 2025 | १० असार २०८२

सुनसरीमा ट्रकको ठक्करबाट एकको मृत्यु



पहिलोपोस्ट

सुनसरीमा ट्रकको ठक्करबाट एकको मृत्यु

इनरुवा: सुनसरीको रामधुनी नगरपालिका–५ शिवचोकस्थित राजमार्गमा शुक्रबार साँझ ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा रामधुनी नगरपालिका–२ बस्ने २१ वर्षीय शिवराम चौधरीको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिमतर्फ जाँदै गरेको ना६ख ६१६६ नंको ट्रकले को३प ३०० नंको मोटरसाइकललाई ठक्कर दिएको जिप्रका सुनसरीले जनाएको छ। ठक्करबाट घाइते चौधरीलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएकामा उपचारका क्रममा मृत्यु भएको हो। माझी मोटरसाइकलको पछाडि सवार थिए।

ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell