PahiloPost

Jun 24, 2025 | १० असार २०८२

वर्ल्ड एथलेटिक्स च्याम्पियनसिप : मो फराहद्वारा दश हजार मिटर दौडको उपाधि रक्षा



पहिलोपोस्ट

वर्ल्ड एथलेटिक्स च्याम्पियनसिप : मो फराहद्वारा दश हजार मिटर दौडको उपाधि रक्षा

बेलायती धावक मो फराहले वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपमा १० शजारमिटर दौडतर्फको उपाधि रक्षा गरेका छन्।

लण्डनमा भएको च्याम्पियनसिपमा उनले २६ मिनेट ४९.५१ सेकेण्डमा दौड पूरा गर्दै वर्ल्ड च्याम्पियनसिपको छैटौँ स्वर्ण पदक जितेका हुन्।

उनले च्याम्पियनसिप अन्तर्गत पाँच हजार मिटर दौडमा समेत दौडदैछन्। यसै च्याम्पियनसिप पछि सन्याल लिने घोषणा गरिसकेका फराहले उक्त दौड पनि जित्ने अनुमान गरिएको छ।

दश हजार मिटरमा उगान्डाका जोसुअ चेपटेगेऐले रजत तथा केन्याका पउल तानुईले कास्य जिते।

दश हजार मिटरको दौड जित्नुलाई फोराहले 'अम्याजिङ' भनेर प्रतिक्रया दिएका छन्।

यता विश्वकै फासटेस्ट धावकको उपमा पाएको जमैकन स्प्रिन्टर उसेन बोल्ट सय मिटरको हिट चरण दौडमा सन्तुष्ट नभएको बताएका छन्। १०.०७ सेकेण्डमा सय मिटरको हिट चरण जितेपद्दि बोल्टले यसलाई 'भेरी ब्याड' भनेका छन्। बोल्टसँगै दौडेका बेलायतका जेम्स डासोलुले १०.१३ सेकेण्डमा दौड पूरा गरे।

छैटौँ नम्वरको हिटबाट बोल्ट र डासोलुसँगै जिमी भिकाउट सेमिफाइनलमा पुगेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell