PahiloPost

Mar 30, 2026 | १६ चैत्र २०८२

भरतपुर १९ मा २४ सय मतगणनाः मतान्तर घटाउँदै रेणु, ज्ञवाली २७१ मतले अघि



पहिलोपोस्ट

भरतपुर १९ मा २४ सय मतगणनाः मतान्तर घटाउँदै रेणु, ज्ञवाली २७१ मतले अघि

चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १९ को पुनः मतदानको मतगणना जारी छ। कुल दुई हजार ८८० मत खसेकोमा दुई हजार ४१० मतगणना भइसकेको छ। जारी मतगणनामा सत्तारुढ दल कांग्रेस माओवादी केन्द्रकी संयुक्त उम्मेदवार रेणु दाहालले निरन्तर रुपमा मतान्तर घटाइरहेका छन्।

जारी मतगणनामा एमाले उम्मेदवार देवी ज्ञवालीको ४१ हजार ७७४ मत पाएका छन्। गठबन्धनकी उम्मेदवार रेणु दाहालले ४१ हजार ५०३ मत पाएकी छन्।

अब दुईबीचको मतान्तर २७१ मात्र छ।

पुनः मतदानमा एमाले उम्मेदवार ज्ञवालीले यसअघि पाएको मत समेत जोगाउन सकेनन्। रेणुले भने आफ्नो मत बढाएकी छन्।

वडा नम्बर १९ को मतगणनापछि वडा नम्बर २० को मतगणना सुरु हुनेछ। वडा नम्बर २० मा तीन हजार ३१८ मत खसेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell