PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

नयाँ बानेश्वरमा सवारीको ठक्करबाट एक युवकको मृत्यु



पहिलोपोस्ट

नयाँ बानेश्वरमा सवारीको ठक्करबाट एक युवकको मृत्यु

काठमाडौँ: नयाँ बानेश्वरस्थित एभरेष्ट होटल नजिक सवारी साधनको ठक्करबाट आज बिहान एक युवकको घटनास्थलमै मृत्यु भएको छ।

महानगरीय प्रहरी आयुक्तको कार्यालयका अनुसार मृतकको पहिचान र ठक्कर दिने सवारी साधनका लागि अनुसन्धान भइरहेको छ। अन्दाजी २२÷२५ वर्षीय युवक टाउको र पेटमा गम्भीर चोट लागेको अवस्थामा सडकमा लडिरहेको भनी स्थानीयवासीले आज बिहान ५ः३० बजे आयुक्तको कार्यालयमा खबर गरेका थिए।

शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell