PahiloPost

Jun 24, 2025 | १० असार २०८२

भरतपुर १९ को मतगणना सकियो, रेणु–देवीको मतान्तर २२१ मात्र 



राजेन्द्र आचार्य

भरतपुर १९ को मतगणना सकियो, रेणु–देवीको मतान्तर २२१ मात्र 

चितवनः भरतपुर वडा नम्बर १९ मा मतगणना सकिएको छ। वडा नम्बर १९ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ। जारी मतगणनामा एमाले उम्मेदवार देवी ज्ञवालीको अग्रता २२१ छ। 

ज्ञवालीले ४१ हजार ९४६  र  काग्रेस र माओवादी केन्द्रकी संयुक्त उम्मेदवार रेणु दाहालले ४१ हजार ७२५ मत प्राप्त गरेकी छन्।

उपमेयरमा कांग्रेसकी पार्वती शाहले ४५ हजार ६२३, र एमालेकी दिव्या शर्मा आचार्यले ३८ हजार ६०४ मत प्राप्त गरेकी छन् ।

वडा नम्बर १९ मा वडाध्यक्षसहित सबै प्यानल कांग्रेसले जितेको छ। वडाध्यक्षमा कर्णबहादुर गुरुङले १४ सय ७८ मत पाएका छन्। वडा नम्बर २० मा अब ३ हजार ३१८ मत गन्न बाकी छ। 

वडा नम्बर १९ मा शुक्रबार पुनः मतदान भएको थियो। निर्वाचनमा दुई हजार ८७० मत खसेको थियो। शुक्रबार भएको मतदानमा ७५ प्रतिशत मत खसेको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell