PahiloPost

Jun 24, 2025 | १० असार २०८२

फ्रेन्च लिग वान : मोनाकोको विजयी सुरुवात, नेमारले पहिलो लिग खेल गुमाउने



पहिलोपोस्ट

फ्रेन्च लिग वान : मोनाकोको विजयी सुरुवात, नेमारले पहिलो लिग खेल गुमाउने

अन्य देशको लिग भन्दा चाँडो सुरु हुने फ्रान्सेली लिग वान शुक्रबारबाट सुरु भएको छ। डिफेण्डिङ च्याम्पियन एएस मोनाकोले विजयी सुरुवात गर्दा युवा स्टार केइलिन घाइते हुन पुगे।

यस्तै कीर्तिमानी रकमा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन पिएसजी पुगेका ब्राजिलयन फरवार्ड नेमारले पहिलो लिग खेल गुमाउने भएका छन्।

मोनाकोले टुलुजलाई ३-२ ले पराजित गर्दै ३ अंक जोड्यो। खेलमा टुलुजले दुई पटक अग्रता बनाएपनि त्यसलाई कायम राख्न सकेन। दुई पटक पुनरागमन गरेको मोनाकोका लागि जेमरसन, राडेमेल फाल्काओ र कमिल गिलिकले गोल गरे। टुलुजका लागि जिनेदिन माचाच र एण्डी डेलोटले गोल गरे।

लिग वान अन्तर्गत आज ६ खेल हुँदैछ। जसमा पिएसजीले अमिएन्ससँग खेल्नेछ। तर शुक्रबारै मात्र २२२ मिलियन युरोमा पिएसजी पुगेका नेमारले पहिलो खेल गुमाउने भएका छन्। स्पानिस ला लिगाले नेमार सरुवाको आवश्यक कागजात पठाउन ढिलाई गरेपछि नेमारले पहिलो खेल खेल्न नपाउने भएका हुन्।

नेमारको इन्टरनेशनल ट्रान्सफर सर्टिफिकेट समयमै नपुगेका कारण नेमारले स्ट्याण्डबाटै गेम हेर्नुपर्ने लिग वानले बताएको छ।

नेमारले खेल्न नपाएपनि पिएसजीले अमएन्स विरुद्ध खेल्नुअघि नेमारलाई आफ्ना समर्थकमाझ प्रस्तुत गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell