PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

जर्मनद्वारा शरणार्थीहरुलाई इटाली फिर्ता गर्न सुरु 



रासस

जर्मनद्वारा शरणार्थीहरुलाई इटाली फिर्ता गर्न सुरु 
फोटो श्रोतः dailymail.co.uk

बर्लिन:  जर्मनीले शरणार्थीहरुलाई इटालीतर्फ फिर्ता गर्न सुरु गरेको  छ। 

शरणार्थीहरु फिर्ता पठाउने नीति सरकारले गत जुनमा नै बनाएको थियो । इटालीबाट आउने शरणार्थीहरुको सङ्ख्या बढ्दै गएपछि जर्मनीले शरणार्थीहरुलाई फिर्ता पठाउने नीति बनाएको जर्मन पत्रिका नेउ ओस्नाब्रुकर जेइटुङ पत्रिकाले उल्लेख गरेको छ। 

आवाससहितका आधारभूत शरण र सेवा सुविधा दिन नसक्ने भएको भन्दै जर्मन सरकारले सन् २०१४ देखि शरणार्थीहरुलाई इटाली फिर्ता गराउन छाडेको थियो।

तर जर्मनीको यो कदमले शरणार्थीसम्बन्धी डबलिन नियमावलीको उल्लङ्घन गरेको छ। डबलिन नियमावलीमा शरणार्थी जुन देशमा प्रवेश गरेको हो त्यही शरण लिन पाउने व्यवस्था गरेको छ। 

स्ट्रासबर्गमा रहेको मानवअधिकार सम्बन्धी युरोपेली अदालतले डब्लिन मापदण्ड अनुसार युरोपेली सङ्घका अन्य सदस्य देशहरुले जस्तै शरणार्थीलाई पर्याप्त सेवा सुविधा दिनु पर्ने बारेमा निर्णय गरेको थियो। 

नवजात शिशु र साना बालबालिका सहितको परिवार अहिले सम्म पनि कतै जान पाएका छैनन्। बामपन्थी पार्टीका राजनीतिज्ञ उल्ला जेल्प्केले विस्थापित भएका बालबालिकासहितका परिवारलाई अमानवीय अवस्थामा राखिएको भन्दै आलोचना गरेका छन्।

इटालीको कानून अनुसार बालबालिका सहितका सवैलाई आधारभूत सेवा सुविधा उपलब्ध गराउन पनि उनले माग गरेका छन्। रासस/सिन्ह्वा 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell