PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

कांग्रेस नेता राहुल गान्धीमाथि गुजरातमा आक्रमण



रासस

कांग्रेस नेता राहुल गान्धीमाथि गुजरातमा आक्रमण
फोटो श्रोतः financialexpress.com

नयाँदिल्ली : भारतको प्रमुख विपक्षी दल कांग्रेस पार्टीका दोस्रो शीर्ष नेता राहुल गान्धीमाथि एक समूहले पश्चिमी गुजरात राज्यमा आक्रमण गरेको छ। 
नेहरु गान्धीका वंशज राहुललाई वनास्कान्थ जिल्लामा आक्रमण भएको अधिकारीहरुले बताएका छन्। उनलाई केही सुरक्षाकर्मीले घाइते हुनबाट जोगाएको एक प्रहरी अधिकारीले बताए। 

आक्रमणकारीहरुले गान्धी चढेको गाडीमा ढुङ्गा प्रहार गरेका र गाडीको झ्यालको सिसा फुटेको छ। कांग्रेस अध्यक्ष सोनीया गान्धीका छोरासमेत रहेका राहुल प्रधानमन्त्री नरेन्द्र मोदीको गृह जिल्लामा बाढी पहिरो प्रभावित क्षेत्रको भ्रमणमा थिए। 

धनेरा क्षेत्रका बाढी पीडितहरुलाई भेटेर हेलिप्याडतर्फ जाँदै गर्दा उनीमाथि आक्रमण भएको थियो। कांग्रेसले आफ्नो उपाध्यक्षमाथि भएको आक्रमणमा सत्तारुढ दल भारतीय जनता पार्टी (विजेपीका) का कार्यकर्ता सम्लग्न भएको आरोप लगाएको छ। 

कांग्रेसका प्रवक्ता रणदीप सुर्जेवालाले विजेपीका उग्र व्यक्तिहरुले राहुलमाथि धनेराको लालचोकमा आक्रमण गरेका बताएका छन्।रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell