PahiloPost

May 21, 2025 | ८ जेठ २०८२

जिसस बागलुङमा वाम–राप्रपा गठबन्धन विजयी



रासस

बागलुङ : जिल्ला समन्वय समिति बागलुङमा वाम–राप्रपा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। 

शुक्रबार भएको निर्वाचनमा गठबन्धनका राजेन्द्र ढुंगाना समितिको संयोजकमा निर्वाचित भएका हुन्। राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य ढुंगानाले नेपाली काँग्रेसका लक्ष्मण आचार्यलाई चार मत अन्तरले पराजित गरेका थिए।

ढुंगानाले १२ र आचार्यले आठ मत प्राप्त गरेका थिए। समितिका उपसंयोजकमा भने नेकपा एमालेका विष्णु भुसाल निर्वाचित भएका छन्।

समितिका सदस्यमा एमालेबाट राजु केसी र रुपा विक, राजमोबाट ताराकुमारी पुन, माओवादी केन्द्रबाट झंकबहादुर कामी, दलबहादुर थापा र फुलकुमारी पुन तथा राप्रपाबाट डिल्ली आचार्य निर्वाचित भएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell