PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

भरतपुर १९ मा पुनः मतदान हुँदा रेणुलाई पाँच सय मतको 'फाइदा'



राजेन्द्र आचार्य

भरतपुर १९ मा पुनः मतदान हुँदा रेणुलाई पाँच सय मतको 'फाइदा'

चितवन : भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान हुँदा माओवादी केन्द्र र कांग्रेस गठबन्धनका मेयर उम्मेदवार रेणु दाहाललाई पाँच सय चानचुन मतको 'फाइदा' भएको छ। 

वडा नम्बर १९ मा गत जेठ महिनामा पहिलो ६ सय मत गन्दा रेणुको अग्रता २० भोटले मात्र देखिएको थियो। १८०९ भोट गनिसक्दा ७३३ मतले एमाले उम्मेदवार देवी ज्ञवालीको अग्रता थियो। त्यति नै बेला मतपत्र च्यातियो र मतगणना स्थगित भयो। 

लामो राजनीतिक र कानुनी लडाइँपछि शुक्रबार पुनः मतदानपछि वडा नम्बर १९ को मतगणना शनिबार बिहान सकिँदा देवी ज्ञवालीको अग्रता २२१ ले मात्र रह्यो। यो हिसाबले लगभग ५ सय मतको फाइदा रेणुलाई भएको देखिन्छ। 

यद्यपि महानगरको मेयर को बन्ने भन्ने फैसला भने भरतपुर वडा नम्बर २० को मतगणनाले गर्नेछ। यहाँ गत वैशाख महिनामै निर्वाचन भएको हो। वडा नम्बर २० मा ३ हजार ३ सय २ मत खसेको छ। यति मतमध्ये सदर भएका मतबाट रेणुले २२१ भन्दा बढी मत ल्याउन सके मात्र देवी ज्ञवालीको पराजय हुनसक्‍छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell