PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

व्यवसायीलाई उर्जामन्त्रीको आग्रहः लोडसेडिङ हटाउन साथ दिनुस्



रासस

व्यवसायीलाई उर्जामन्त्रीको आग्रहः लोडसेडिङ हटाउन साथ दिनुस्

हेटौँडा : ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले औद्योगिक क्षेत्रमा हुँदै आएको विद्युत् भार कटौती अन्त्यका लागि सरकारले उद्योग व्यवसायीको साथ खोजेको बताएका छन्। 

उद्योग संघ मकवानपुरले आज हेटौँडा औद्योगिक क्षेत्रमा उनको सम्मानमा आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री शाहीले विद्युत भार कटौतीका लागि सहयोग गर्न व्यवसायीलाई आग्रह गरे।

मन्त्री शाहीले विकासको महत्वपूर्ण आधारको रुपमा सडक र ऊर्जा नै भएको हुँदा त्यसका लागि सरकारले विभिन्न उपाय अपनाएर काम गरिरहेको उल्लेख गरे। 

औद्योगिक क्षेत्रमा हाल दैनिक तीन घण्टा विद्युत् कटौती हुँदै आएको छ । 


विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सञ्चालनमा आएपछि सम्पूर्ण औद्योगिक क्षेत्रको विद्युत् भार कटौती अन्त्य हुने बताए। 

रक्सौल–परवानीपुर १३२ केभी चार्ज गर्न प्रयास भइरहेको भन्दै घिसिङले त्यसले पनि हुँदै आएको विद्युतभार कटौतीमा सुधार ल्याउन सकिने बताए। उनले प्राविधिक रुपमा हुने कटौतीलाई विद्युत् भार कटौतीका रुपमा नबुझ्न घिसिङले आग्रह गरे।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell