PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

भरतपुरको फैसला वडा नम्बर २० को ३३ सय मतले गर्ने



राजेन्द्र आचार्य

भरतपुरको फैसला वडा नम्बर २० को ३३ सय मतले गर्ने

चितवन : सामान्यभन्दा लामो एक्स्ट्रा टाइमसम्म तन्किएको भरतपुर महानगरपालिकाका मेयरको फैसला वडा नम्बर २० को ३ हजार ३ सय २ मतले गर्दैछ। 

शनिबार वडा नम्बर १९ को मतगणना सकिँदासम्म सबै वडाको कूल मतमा माओवादी- कांग्रेस गठबन्धन उम्मेदवार रेणु दाहाललाई २ सय २१ मतको अन्तरले एमाले उम्मेदवार देवी ज्ञवालीले अग्रता कायम राखेका छन्।

वडा नम्बर २० मा खसेका ३ हजार ३ सय २ मत अब निर्णायक भएका छन्। यो वडामा खसेका सदर मतमध्येबाट जसले बढी मत ल्यायो जित उसैको हुनेछ। बाँकी सबै वडाका मतहरुबाट देवी ज्ञवालीलाई २२१ मतको अग्रता भएकोले जितका लागि रेणुलाई २० नम्बर वडामा धेरै मत ल्याएर मात्र पुग्दैन। उनले कम्तिमा पनि कूल मतभन्दा २२२ मत बढी ल्याउनु पर्छ। 

वडा नम्बर २० मा भीमनगर मावि, भीमनगर; राप्रावि, दद्रेनी र राप्रावि, सिमलटाँडी गरी तीन वटा मतदान केन्द्र रहेका थिए। यी मतदान केन्द्रमा गत वैशाख ३१ गते मतदान भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell