
काठमाडौं: गायक सुगम पोखरेलको नयाँ गीत सार्वजनिक भएको छ। उनको सातौं एल्बम श्वेत हसिनीमा समावेश 'दर्शन' बोलको म्यूजिक भिडियो युट्युबमार्फत शुक्रबार सार्वजनिक भएको हो। उक्त एल्बमको यो तेस्रो म्यूजिक भिडियो हो। यसअघि दुई गीत सार्वजनिक भैसकेका छन्।
गीतमा मनिस बशिष्टको शब्द, सुगम पोखरेलको स्वर र संगीत रहेको छ। गीतको संगीत संयोजन शोलेन्द्र प्रधानले गरेका हुन्।
गीतको भिडियोमा गायक पोखरेलसँगै निर्मल दाहाल र सफर पोखरेलको फिचरिङ रहेको छ। निकेश खड्का निर्देशित भिडियोलाई उत्सव दहालले खिचेका हुन्। भिडियो सम्पादन बिकास धमलाको रहेको छ।
हेर्नुस् भिडियो: