PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

नवलपरासीमा बाढीले बगाएर बेपत्ता भएका दुई जना मृत फेला



रासस

नवलपरासीमा बाढीले बगाएर बेपत्ता भएका दुई जना मृत फेला

नवलपरासी : नवलपरासीमा बाढीले बगाएर बेपत्ता भएका  दुई जना आज मृत अवस्थामा फेला परेका छन्। 

शुक्रबार पाल्हीनन्दन गाउँपालिकामा ११ वर्षीय बालक कृष्ण गुप्ता घोलमा डुबेको देखेर उद्धार गर्न जाँदा सोही स्थानका ५१ वर्षीय वृजलाल गुप्ता पनि बेपत्ता भएका थिए। दुवै जना आज घोलमा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। 

यता बिहीबार प्रतापपुरस्थित खजुरा खोलाले बगाएर बेपत्ता भएका इब्राहिम मिया भने अझै फेला परेका छैनन्। मियाको खोजी कार्य जारी भएपनि फेला नपरेको प्रहरीले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell