PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

जापानी राजदूतले भने–निर्वाचन सम्पन्न भएकामा खुसी छु



रासस

जापानी राजदूतले भने–निर्वाचन सम्पन्न भएकामा खुसी छु

विराटनगर : नेपालस्थित जापानी राजदूत मासासी ओगावाले नेपालमा २० वर्षपछि स्थानीय निर्वाचन सहज ढंगले सम्पन्न भएकामा खुसी व्यक्त गरेका छन्। 

विराटनगर महानगरपालिकाद्वारा विराटनगरमा आयोजित कार्यक्रममा राजदूत ओगावाले नेपालमा नयाँ संविधान जारी भएको र यसको कार्यान्वयनबाट नेपालीलाई समृद्ध बनाउने विश्वास व्यक्त गरे। 

जापान र नेपालबीच घनिष्ठ सम्बन्ध रहेको प्रसङ्ग उल्लेख गर्दै राजदूत ओगावाले नेपालको दोस्रो ठूलो सहर विराटनगरको विकासका लागि केही गरौँ भन्ने सोचाइ रहेको जानकारी दिए। 

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नेपाल र जापानबीच सांस्कृतिक सम्बन्ध पनि रहेको चर्चा गर्दै विराटनगरमा खानेपानीको समस्या रहेको र यो समस्यालाई समाधानका लागि जापान सरकारको सहयोग आवश्यक रहेको बताए। 

कांग्रेस नेता डा नारायण खड्काले जापानले नेपालको विकासमा ठूलो साझेदारीको भूमिका निर्वाह गरेको बताए। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell