PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

गगन थापाले भने–चिकित्सा शिक्षा विधेयक तत्काल पारित गर्नुपर्छ



रासस

गगन थापाले भने–चिकित्सा शिक्षा विधेयक तत्काल पारित गर्नुपर्छ

भक्तपुर : पूर्व स्वास्थ्यमन्त्री गगन थापाले चिकित्सा शिक्षा संशोधन विधेयकलाई तत्काल पारित गर्नुपर्ने बताएका छन्। 

प्रजातान्त्रिक योद्धा, समाजसेवी श्यामबहादुर कार्कीको दशौँ स्मृति दिवसमा आयोजित कार्यक्रममा थापाले केदारभक्त माथेमा आयोगको प्रतिवेदनको मर्मअनुसार चिकित्सा शिक्षा विधेयक संशोधनलाई आजै टुंग्याउने तयारी भइरहेको बताए। 

उनले अनशनरत डा गोविन्द केसीको माग पूरा गर्नुपर्नेमा जोड दिँदै विधेयक पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवा स्वयम्ले चासो दिइरहेको बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell