PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

४ सय मत गन्दा रेणु र देवीको अन्तर १७०, अझै २९ सय मत गन्न बाँकी



राजेन्द्र आचार्य

४ सय मत गन्दा रेणु र देवीको अन्तर १७०, अझै २९ सय मत गन्न बाँकी

चितवन :  भरतपुर महानगरपालिकाको वडा नम्बर २० को ४ सय २ मत गन्दा नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनका मेयर उम्मेदवार रेणु दाहालले मत अन्तर घटाउन सफल भएकी छिन्।

उनी र एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीबीच अब १ सय ७० को मत अन्तर रहेको छ। यसअघि भरतपुरको १९ को मतगणना सकिँदासम्म दुईबीच २ सय २१ को मत अन्तर थियो।
 
निर्वाचन कार्यालयले दिएको तथ्याङ्गक अनुसार वडा नम्बर २० को ४ सय २ मत गन्दा दिउँसो सवा ३ बजेसम्म देवी ज्ञवालीको ४२ हजार ६९ छ भने रेणु दाहालले ४१ हजार ८ सय ९९ मत पाएका छन्। यस्तै उपमेयरमा कांग्रेसकी पार्वती शाहको  ४५ हजार ८ सय २३ र एमालेका दिव्य शर्माको ३८ हजार ७ सय १५ मत रहेको छ।
 
अहिले भरतपुर महानगरपालिकाको अन्तिम वडा नम्बर २० को मत गणना जारी छ । यसअघि गतराति शुरु भएको मतगणना कार्य वडा नम्बर १९ को भने सकिएको थियो । सो १९ नं. वडामा वडाध्यक्षसहित सबै नेपाली कांग्रेसका सदस्यहरुले विजयी भएका थिए । काग्रेसका विजयी वडा अध्यक्ष कर्णबहादुर गुरुङ्गले १४ सय ७८ मत पाएका थिए।

वडा नम्बर २० मा अझै २९ सय मत गन्न बाँकी छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell