PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

पहिरोले सोलुमा सात परिवार विस्थापित, ३० परिवार जोखिममा



रासस

सोलुखुम्बु : पहिरोले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ बुङका सात घरपरिवार विस्थापित भएका छन्। 

पहिरोका कारण स्थानीय रामबहादुर बस्नेत, नारायणकुमार बस्नेत, प्रेमकुमार बस्नेत, लक्ष्मण बस्नेत, ताराकुमारी बस्नेत, कुमारी बस्नेत र पदमबहादुर बस्नेतको घर बगाएका कारण उनीहरुको परिवार विस्थापित भएका हुन्। 

उनीहरु अहिले छिमेकीकोमा आश्रय लिएर बसेका महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किरातीले जानकारी दिए। त्यहाँका अरु ३० घर पहिरोको उच्च जोखिममा परेका छन्। 

गतवर्ष पनि जोखिममा बसेका त्यहाँका बासिन्दाको यसवर्ष भने घरबास नै बगाएको हो। सो ठाउँमा हिउँदमासमेत सुक्खा पहिरो झरेको थियो। घर बगाएका अरुको शरणमा रहेका र घर जोखिममा भएकासमेत रात बिताउन अरुको घर तथा गोठको साहारा लिन थालेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell