चितवन : भरतपुर महानगरपालिकाको वडा नम्बर २० को ८ सय ३ मत गन्दा नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनका मेयर उम्मेदवार रेणु दाहालले मत अन्तर घटाउन सफल भएकी छिन्।
उनी र एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीबीच अब १ सय ५३ मत अन्तर रहेको छ। यसअघि वडा नम्बर २० को पहिलो ४ सय मत गन्दा अन्तर १ सय ७० को थियो। थप ४ सय मत गन्दा १७ मतले रेणुले अन्तर घटाएकी हुन्।
त्यसअघि भरतपुरको १९ को मतगणना सकिँदासम्म दुईबीच २ सय २१ को मत अन्तर थियो।
अहिले भरतपुर महानगरपालिकाको अन्तिम वडा नम्बर २० को मत गणना जारी छ । यसअघि गतराति शुरु भएको मतगणना कार्य वडा नम्बर १९ को भने सकिएको थियो । सो १९ नं. वडामा वडाध्यक्षसहित सबै नेपाली कांग्रेसका सदस्यहरुले विजयी भएका थिए । काग्रेसका विजयी वडा अध्यक्ष कर्णबहादुर गुरुङ्गले १४ सय ७८ मत पाएका थिए।
वडा नम्बर २० मा अझै २५ सय मत गन्न बाँकी छ।