PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

पेरिस सम्झौतबाट हट्ने जानकारी अमेरिकाले राष्ट्र संघलाई किन गरायो ? 



रासस

पेरिस सम्झौतबाट हट्ने जानकारी अमेरिकाले राष्ट्र संघलाई किन गरायो ? 

वासिङटन :  संयुक्त राज्य अमेरिकाले आफू जलवायु परिवर्तनसम्बन्धि पेरिस सम्झौतबाट हट्ने संयुक्त राष्ट्र संघलाई जानकारी दिएको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसंघको अगुवाइमा निकै लामो छलफलपश्चात् ऐतिहासिक उपलब्धि मानिएको सन् २०१५ को पेरिस जलवायु सम्झौतामा सहभागी नहुने भनी दुई महिना आगाडि गरेको निर्णयलाई अब कार्यान्वयन गर्न लागिएको वासिङटनले जानकारी दिएको छ। 

यद्यपी अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी वासिङ्गटन अझै पनि विश्वको हरितगृह ग्यास उत्सर्जनमा प्रभावशालीरुपमा न्यूनीकरण गर्नेतर्फ र जलवायु परिवर्तनसम्बन्धि अन्तरराष्ट्रिय समूदायको संर्घषमा साथै दिने बताएको छ। 

मन्त्रालयका अनुसार बहिर्गमनको प्रक्रिया पूरा नहुन्जेल अमेरिका जलवायु परिवर्तनसम्बन्धि सम्झौता र छलफलमा सहभागी हुने बताएको छ। बर्हिगमनको औपचारिक प्रक्रिया सन् २०२० आगाडि अमेरिकाले पूरा गर्न सक्ने छैन। 

राष्ट्रपति ट्रम्पले पेरिस सम्झौताले अमेरिकालाई अर्बौ डलरको नोक्सानी हुने, रोजगारी गुम्ने र देशभित्रका उर्जा तथा उत्पादनसम्बन्धी उद्योगमा क्षति पुग्ने बताउँदै आएका छन्। 

हरितगृह ग्यास उत्सर्जनमा प्रभावशालीरुपमा न्यूनीकरणका लक्ष्यसहित २०० वटा देशले हस्ताक्षर गरेको पेरिस सम्झौताले अमेरिकालाई घाटा पुर्याउने ट्रम्पले राष्ट्रसंघलाई पठाएको पत्रमा उल्लेख गरेका छन्। 

तर विश्वभरका नेताहरूले जलवायु परिवर्तनविरुद्ध लड्न यो पेरिस सम्झौता एउटा कोसेढुङ्गा रहेको जनाउँदै स्वागत गरिसकेका छन्। 

नेताहरूको भनाइमा पेरिस सम्झौता अन्तरराष्ट्रिय सहयोगका क्षेत्रमा एउटा विजय हो, विश्व अर्थतन्त्रका लागि बरदान हो र यो आज पनि उत्तिकै सत्य हो। 

आज हामीले सामना गर्नुपरेका धेरै किसिमका चुनौतीमध्ये जलवायु परिवर्तन विश्वलाई नै प्रभावित तुल्याउने एउटा विशिष्ट मुद्दा हो।

यसले पृथ्वी ग्रहका हरेक जीवनमाथि प्रभाव पार्दछ – पर्यावरण र खाद्य उत्पादनदेखि सहर र औद्योगिक आपूर्ति प्रणालीसम्म यसको असर हुन्छ । जलवायु परिवर्तनलाई केबल ‘वातारणीय’ समस्याका रुपमा मात्र हेर्नु त्यो महाभूल भएको विश्व समूदायको विश्वास रहेको छ। 

फ्रान्सका राष्ट्रपति एम्यानुएल माक्रोंनले केही समय अघि पेरिस भ्रमणमा गएका ट्रम्पलाई जवलवायु परिवर्तनसम्बन्धि पेरिस सम्झौता कायम राख्न आफूले ट्रम्पलाई मनाएको विश्वास व्यक्त गरेका थिए। 

पेरिस जलवायु परिवर्तन सम्झौता परिमार्जनबारे ट्रम्पले राखेको प्रस्ताव विश्वका नेताले अस्वीकार गरिसकेका छन्। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell