PahiloPost

Jun 6, 2026 | २३ जेठ २०८३

रौतहटमा सडक निर्माणका क्रममा खनिएको खाल्डोमा डुबेर चार बालबालिकाको मृत्यु



राधेश्याम पटेल

रौतहटमा सडक निर्माणका क्रममा खनिएको खाल्डोमा डुबेर चार बालबालिकाको मृत्यु

रौतहटः  रौतहटमा सडक निर्माणका क्रममा खनिएको खाल्डोमा डुबेर चार जनाको मृत्यु भएको छ। 

घाँस काटेर फर्किने क्रममा गर्मी भएकाले खाल्डोमा नुहाउन जाँदा डुबेर उनीहरुको मृत्यु भएको हो।  गरुडा नगरपालिका–४ स्थित सडकको खाल्डोमा डुबेर स्थानीय राम एकवाल साहकी दुई छोरी १२ वर्षीया सुनिता साह र  ९ वर्षीया संगीता साह तथा प्रेम साहकी ९ वर्षीया छोरी सुस्मिता साह र योगेन्द्र साहकी ९ वर्षीया छोरी सुनैना साहको मृत्यु भएको हो।

चन्द्रनिगाहपुर–गौर सडकसँग जोडिएको नयाँ कच्ची सडक निर्माणका क्रममा खेतमा खाल्डो खनिएको थियो।  सडक डिभिजन कार्यालय रौतहटको बजेटमा दुर्गा निर्माण सेवा कम्पनीले सडक निर्माण गर्ने जिम्मा पाएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell