PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

अझै घट्यो मतअन्तर, १२ सय मत गन्दा ७५ मतको अन्तर, अझै २१ सय मत गन्न बाँकी



राजेन्द्र आचार्य

अझै घट्यो मतअन्तर, १२ सय मत गन्दा ७५ मतको अन्तर, अझै २१ सय मत गन्न बाँकी

चितवन :  भरतपुर महानगरपालिकाको वडा नम्बर २० को १२ सय १ मत गन्दा नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनका मेयर उम्मेदवार रेणु दाहालले मत अन्तर अझै घटाउन सफल भएकी छिन्।

उनी र एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीबीच अब ७५ मतको अन्तर रहेको छ। देवी ज्ञवालीको ४२ हजार ३ सय ८ मत रहेको छ भने रेणु दाहालको ४२ हजार २ सय ३३।

त्यसअघि भरतपुरको १९ को मतगणना सकिँदासम्म दुईबीच २ सय २१ को मत अन्तर थियो।
 
अहिले भरतपुर महानगरपालिकाको अन्तिम वडा नम्बर २० को मत गणना जारी छ । 

वडा नम्बर २० मा अझै २५ सय मत गन्न बाँकी छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell