PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

१६ सय मत गन्दा रेणु चार मतले देवीभन्दा पछाडि, अझै १७ सय मत गन्न बाँकी



राजेन्द्र आचार्य

१६ सय मत गन्दा रेणु चार मतले देवीभन्दा पछाडि, अझै १७ सय मत गन्न बाँकी

चितवन :  भरतपुर महानगरपालिकाको वडा नम्बर २० को १६ सय मत गन्दा नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनका मेयर उम्मेदवार रेणु दाहाल र नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीको मत लगभग बराबर भएको छ। 

उनी र एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीबीच अब ४ मतको मात्र अन्तर रहेको छ। देवी ज्ञवालीको ४२ हजार ४ सय १८ मत रहेको छ भने रेणु दाहालको ४२ हजार ४ सय १४।

त्यसअघि भरतपुरको १९ को मतगणना सकिँदासम्म दुईबीच २ सय २१ को मत अन्तर थियो।
 
अहिले भरतपुर महानगरपालिकाको अन्तिम वडा नम्बर २० को मत गणना जारी छ । 

वडा नम्बर २० मा अझै १७ सय मत गन्न बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell