चितवन : भरतपुर महानगरपालिकाको वडा नम्बर २० को २८ सय मत गन्दा नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनका मेयर उम्मेदवार रेणु दाहालले नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीमाथि अग्रता कायम राखेकी छिन्।
उनी र एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीबीच अब १ सय ५६ मतको अन्तर रहेको छ। देवी ज्ञवालीको ४२ हजार ७ सय ५७ मत रहेको छ भने रेणु दाहालको ४२ हजार ९ सय १३।
त्यसअघि भरतपुरको १९ को मतगणना सकिँदासम्म दुईबीच २ सय २१ को मत अन्तर थियो र देवीको अग्रता थियो।
यो समाचार तयार पार्दासम्म वडा नम्बर २० को मतगणना जारी छ ।
वडा नम्बर २० मा अझै ५ सय मत गन्न बाँकी छ।