PahiloPost

Jun 24, 2025 | १० असार २०८२

सप्तरीको सुरुङ्गामा प्रहरीको गाडी एम्बुसमा पर्‍यो



पहिलोपोस्ट

सप्तरीको सुरुङ्गामा प्रहरीको गाडी एम्बुसमा पर्‍यो

विराटनगरः सप्तरीको पश्चिम क्षेत्रमा पर्ने सुरुङ्गा नगरपालिकामा प्रहरीको गस्ती टोली एम्बुसमा पर्दा प्रहरी निरीक्षक राजेन्द्र यादव सामान्य घाइते भएका छन्।

सुरुङ्गा नगरपालिका वडा नं. ६ मा पर्ने श्रीपुरमा शनिबार राति ८ः३० बजे प्रहरीको भ्यान एम्बुसमा परेको हो।

सप्तरीका प्रहरी उपरीक्षक मुकेश सिंहका अनुसार प्रहरी निरीक्षक यादवको खुट्टामा सामान्य चोट लागेको छ। यादव प्राथमिक उपचारपछि काममा फर्किसकेका छन्।

एम्बुसमा परेको गाडी भने क्षतिग्रस्त भएको सिंहले बताए। गाडीको इन्जिन र अन्य भागमा क्षति पुगेको उनको भनाइ छ।

घटनाको प्रगतिशील तराई मुक्ति मोर्चाले जिम्मा लिएको छ। आइतबार सदरमुकाम राजविराजमा पर्चा सार्वजनिक गर्दै शनिबार रातिको घटनाको जिम्मा लिइएको हो। प्रगतिशील तराई मुक्ति मोर्चा तराईमा नयाँ नामका साथ देखिएको छ। यसअघि उक्त संगठनको नाम सुनिएको थिएन। मोर्चाका संयोजक सिजन रहेको बताइएको छ।

सप्तरीका सञ्चारकर्मीलाई यही साउन ४ गते प्राप्त इमेलमा तराईबासीको हकहित, सुरक्षा र मुक्तिका लागि सशस्त्र सङ्घर्ष गर्न सिजनको नेतृत्वमा नयाँ संगठन खुलेको उल्लेख गरिएको थियो। 

पूर्वक्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक रमेश भट्टराईले नयाँ नाममा देखिएको संगठनबारे अनुसन्धान भइरहेको बताए। नाम नयाँ भए पनि संगठन पुरानो हुन सक्ने डिआइजी भट्टराईले बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell