PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

अन्तत: हारे बोल्ट, अमेरिकी ग्याटलिने जिते सय मिटरमा स्वर्ण



पहिलोपोस्ट

अन्तत: हारे बोल्ट, अमेरिकी ग्याटलिने जिते सय मिटरमा स्वर्ण

करियरको अन्तिम प्रतियोगितामा सहभागि जनाइरहेको 'वर्ल्ड फासटेस्ट म्यान' उसेन बोल्ट अन्तत: सय मिटर दौडमा पराजित भएका छन्।

लण्डनमा भइरहेको वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिप अन्तर्गत सय मिटरको फाइनलमा चरणमा जमैकन स्प्रिन्टर बोल्टलाई दुई अमेरिकी खेलाडीले उछिनेका हुन्।

यस सिजनको बेस्ट टाइमिङ ९.५६ सेकेण्डमा दौड पूरा गरेको बोल्ट तेस्रो भए। ९.९२ सेकेण्डमा दौड पूरा गर्दै ३५ वर्षिय अमेरिकी जस्टिन ग्याटलिनले स्वर्ण पदक जिते भने अमेरिकाकै क्रिस्टियन कोलमन ९.९४ सेकेण्ड दौड सकाउँदै दोस्रो भए।

दौड सकिएपछि स्वर्ण विजेता ग्याटलिनले बोल्टको सम्मानमा टाउको निहुराएका थिए।

सन् २००४ को ओलम्पिकमा स्वर्ण जितेका ग्याटलिन दुई पटक डोपिङमा परेका थिए।

हिट चरणमा बोल्टले शीर्ष स्थानमा दुरी सकाएपनि आफू खुशी हुन नसकेको बताएका थिए।

सन् २०१२ को लण्डन ओलम्पिककमा बोल्ड स्वर्ण जितेकै लण्डन स्टेडियमा यस पटक भने सफल हुने सकेनन्।

सय मिटर दौडमा विश्व कीर्तिमान (९.५८ सेकेण्ड) भने बोल्टकै नामम छ। बोल्टले सन् २००८ देखि सन् २०१६ सम्म लगातार ३ पटक सय मिटर र दुई सय मिटर दौडमा स्वर्ण जितेका थिए।

लण्डमा भइरहेको वर्ल्ड च्याम्पियनसिपमा बोल्टले दुई सय मिटर र चार गुणा सय मिटर रिलेमा पनि दौडेनछन्।
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell