PahiloPost

May 21, 2025 | ८ जेठ २०८२

कगामे रुवाण्डाको राष्ट्रपतिमा पुनः निर्वाचित



रासस

कगामे रुवाण्डाको राष्ट्रपतिमा पुनः निर्वाचित
फोटो श्रोतः independent.co.uk

रुवाण्डा : रुवाण्डामा भएको राष्ट्रपतिको निर्वाचनमा पाउल कगामे ९८ प्रतिशत मतका साथ पुनः विजय भएका छन्। उनी तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। 

उनलाई आठवटा विपक्षी पार्टीले आफ्ना उम्मेदवार नउठाई समर्थन गरेका थिए। 

देशमा स्थिरता र आर्थिक विकास ल्याएको बताउने गरेका उनका समर्थकहरुले नतिजा घोषणासँगै देशैभर खुसीयाली मनाइरहेका छन्। 

खासगरी विदेशमा बस्ने कगामेका आलोचकहरुले उनले डर देखाएर शासन गर्दै आएको बताउने गरेका छन्। जितपछि कगामेले देशको आर्थिक वृद्धिलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन्। 

एउटा प्रत्यक्ष टेलिभिजन सम्वोधनमा कगामेल भने,‘रुवाण्डाका नागरिकलाई असर पार्ने विषयहरु हेर्नका निम्ति यो अर्को सात वर्ष हो ।’ 

कगामेविरुद्ध डेमोक्र्या्टिक ग्रीन पार्टीका फ्रांक हाबिनेजा र स्वतन्त्र उम्मेदवार फिलिप हायीमाना उठेपनि उनलाई करिब दुई प्रतिशत मतमात्र खसेको थियो।

करिब ८ लाख आदिवासी तुत्सी र मध्यमार्गी हुटुको ज्यान लिएको नरसंहारलाई अन्त्य गराउँदै सन् १९९४ मा आफ्नो तुत्सी विद्रोही समूहले राजधानी किगालीमाथि कब्जा जमाएपछि ५९ वर्षीय कगामे सत्तामा पुगेका थिए। रासस/एएफ्पी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell