PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

लिम्बूवान राज्य परिषद्ले आह्वान गरेको बन्दले पूर्वका ९ जिल्ला प्रभावित



रासस

लिम्बूवान राज्य परिषद्ले आह्वान गरेको बन्दले पूर्वका ९ जिल्ला प्रभावित

तेह्रथुम : अरुणपूर्वका नौ जिल्लालाई लिम्बूवान राज्य घोषणाको माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टी लिम्बूवान राज्य परिषद्ले आह्वान गरेको बन्दका कारण ती जिल्लाको जनजीवन प्रभावित भएको छ। 

बन्दका कारण तेह्रथुम, धनकुटा, संखुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, मोरङका यातायात र बजार पसल ठप्प छन्।

प्रेस र कूटनीतिक नियोगका गाडी, दमकल र एम्बुलेन्सबाहेक कुनै पनि सवारीसाधन चलेका छैनन्। बजार, पसल, शैक्षिक संस्था र कलकारखाना पनि बन्द छन्।

विसं १८३१ आजकै दिन लिम्बूवानको तत्कालीन गोर्खासँग भएको नूनपानी सन्धिले आत्मनिर्णयको अधिकार खोसिएको परिषद्ले दाबी गर्दै आएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell