काठमाडौं: १०७३ ब्लकबस्टर फिल्म 'छक्कापञ्जा' सिक्वेल 'छक्कापञ्जा २'को फस्ट लुक सार्वजनिक भएको छ। फिल्मको लागि निर्देशक एवं निर्मात्री समेत रहेकी दीपाश्री निरौलाले फेसबुक पोस्टमार्फत फिल्मको लागि पहिलो पोस्टर रिलिज गरेकी हुन्।
पोस्टरमा फिल्मका मुख्य पात्रहरु दिपकराज गिरी, बुद्धी तामाङ, प्रियङ्का कार्की, वर्षा राउत, जितु नेपाल र स्वस्तिमा खड्काको फिचरिङ रहेको छ। जसमा तीनजना अभिनेत्रीहरु बेहुलीको भेषमा छन्। फिल्म आउँदो असोज ११ गतेबाट देशव्यापी रुपमा सार्वजिनक हुँदैछ।
आमा सरस्वती मुभिजको ब्यानरमा दिपक दीपाले निर्माण गरेको फिल्ममा पोस्टर बाहेकका स्वरुप पुरुष ढकाल, किरण केसी, शिवहरी पौडेल, निश्चल बस्नेत लगायतको अभिनय रहेको छ। फिल्मको पटकथा र संवाद संयुक्त रुपमा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, अभिमन्यु निरवीले लेखेका हुन्।
हेर्नुस् पोस्टर: