PahiloPost

Jun 24, 2025 | १० असार २०८२

अस्कर अवार्डका लागि नेपाली फिल्मलाई आवेदन खुला



पहिलोपोस्ट

अस्कर अवार्डका लागि नेपाली फिल्मलाई आवेदन खुला

काठमाडौं: एकेडेमी अफ मोशन पिक्चर्स आर्ट्स एण्ड साइन्सेसले अस्कर अवार्डका लागि नेपाली फिल्मलाई आवेदन खुला गरेको छ। अवार्डको आगामी संस्करणका लागि विदेशी भाषातर्फ नेपाली सिनेमाको आह्वान गरिएतो हो। अस्करको विदेशी भाषी फिल्मका लागि नेपालमा रहेको छनोट समितिले विज्ञप्ती जारी गरी आवेदन बारे जानकारी दिएको हो।

समितिका अनुसार १७ अगस्टसम्ममा फिल्मले अस्करका लागि आवेदन दिन सक्नेछन्। फिल्मको निर्माता, निर्देशक, प्राविधिकको नाम खुलाएक समितिमा फिल्म दर्ता गर्न पर्नेछ। विज्ञप्तीमा उल्लेख गरिए अनुसार निर्देशकको तश्विर, फिल्मका तीन स्टिल फोटो, अफिसियल पोस्टर, फिल्म बारे छापिएको समाचारको कटिङ, हलको सिफारिस एवं फिल्म बारे संक्षिप्त कथा उल्लेख गर्नु पर्नेछ।

फिल्म चयन समितिमा निर्देशक लक्ष्मीनाथ शर्मा, राजेन्द्र सलभ, लोकेन्द्र पराजुली, प्रदिपकुमार उपाध्याय, राजुबिक्रम थापा र भरतकुमार शाक्य रहेका छन्।

९० ‌औं अस्कर अवार्डको पहिलो चरण सन् २०१७ को ११ सेप्टेम्बरमा सुरु भएर सन् २०१८को ४ मार्चमा सम्पन्न हुनेछ। गभर्नस अवार्डदेखि मनोनय पोल खुला, मनोनयन पोल बन्द, मनोनयन सार्वजनिक, पब्लिक पोल, भोटिङ, रिजल्ट सार्वजनिक लगायत ९ चरण हुनेछन्। अन्तिम कार्यक्रम क्लारिफोनियाको डोल्बी हलमा हुनेछ। यो पटक कार्यक्रमलाई जिम्मी किम्मेलले प्रस्तुत गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell