PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

आपूर्तिमन्त्रीले भने–पद छाड्न तयार छु, तर निगमको जग्गा खरिद प्रकरणका दोषीलाई उन्मुक्ति दिन्न



अनन्तराज न्यौपाने

आपूर्तिमन्त्रीले भने–पद छाड्न तयार छु, तर निगमको जग्गा खरिद प्रकरणका दोषीलाई उन्मुक्ति दिन्न

विराटनगरः वाणिज्य तथा आपूर्तिमन्त्री शिवकुमार मण्डलले आयल निगमको जग्गामा भएको अनियमितताको विषयमा दोषी देखिएका जो भएपनि तिनलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता प्रकट गरेका छन्।

मन्त्री भएर पहिलो पटक आफ्नो गृह जिल्ला मोरङ आएका मण्डलले दोषीलाई कारबाही गर्न तयार रहेको जनाउ दिएका हुन्।

विराटनगर विमानस्थलमा आइतबार संचारकर्मीसँग मन्त्री मण्डलले आफ्नो पद छाड्नुपर्ने अवस्था आएपनि कारबाही गर्न आफू पछि नहट्ने दृढता व्यक्त गरे।

‘अनुसन्धान र कारबाही प्रक्रिया कसैको तागतले पनि रोकिने छैन’, उनको भनाइ थियो, ‘बरु मन्त्रालय छोड्नु पर्ने अवस्था आए छोड्छु तर दोषीलाई उन्मुक्ति दिन्न।’

उनले जग्गा खरिदका विषयमा  आएका समाचारप्रति आफू गम्भीर भएको र माहान्यायाधिवक्तामार्फत् कानुनी सल्लाह लिइरहेको जानकारी दिए।

साथै लेखा समितिले अख्तियारलाई दिएको प्रतिवेदनबारे आफूलाई जानकारी भएको र मन्त्रालयले पनि छानविनका लागि छलफल अघि बढाएको उल्लेख गरे।

उनले आइओसीसँग मिलेर पेट्रोलपम्प खोल्ने बारेको समाचारप्रति आफूलाई जानकारी नभएको बताए। उनले चाडबाडका समयमा हुने कृत्रिम अभाव नियन्त्रणका लागि आफूले सबै विभागलाई निर्देशन दिएको जानकारी दिए।

मन्त्री मण्डलले एकाधिकार तोड्न चीन र बंगलादेशसँगका सम्झौता कार्यान्वयन गर्न पहल र प्रयत्न गरिने बताए।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell