भीमदत्तनगर : बाजुराको बडिमालिका तीर्थयात्रा जाने क्रममा अछामको मेल्लेख गाउँपालिका– ५ का वडाध्यक्ष रामबहादुर बोहराको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार वडा अध्यक्ष बोहराको लेक लागेर शनिबार राति मृत्यु भएको हो। बोहराको शव हेलिकप्टरको सहायताले अछाम ल्याउन पहल भइरहेको छ।रासस