PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

चोरीका गाडी छानबिन गर्न समिति



रासस

भीमदत्तनगर : चोरीका गाडी खरिद गरेको भन्ने विषयमा छानबिन गर्न गठित तीन सदस्यीय छानबिन समितिले चार दिनदेखि सो विषयमा छानबिन समेत गरिरहेको छ । 

सुदूरपश्चिम क्षेत्रीय प्रहरी उप्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्रसिंह देउजाले किर्ते सवारीसाधन दर्ता गरी सञ्चालनमा ल्याएको विषयमा प्रहरीसमेत मुछिएपछि छानबिन थालिएको बताए। 

प्रहरी गण धनगढीका प्रमुख प्रहरी उपरीक्षक किशोर दाहालको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो। छानबिनका लागि प्रहरी उपरीक्षक नेतृत्वको टोली केही दिनअघि कञ्चनपुर पुगेको थियो।

महाकाली अञ्चल यातायात कार्यालय भीमदत्तनगरको आग्रहमा कञ्चनपुर प्रहरीले किर्ते कागजात बनाएर सवारीसाधन किनबेच गर्दै आइरहेका भनिएका कैलालीको भजनीका गोकुलप्रसाद श्रेष्ठलाई पक्राउ गरेको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell