
काडमाडौं : नेपाली कांग्रेसका युवा नेता गगन थापाले स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललाई भेटेर आफ्नो कार्यकालमा थालिएका काम अघि बढाउन आग्रह गरेका छन्। स्वास्थ्य मन्त्रालयको जिम्मेवारीबाट दुई महिना अघि बाहिरिएका थापाले आफ्नो सक्सेसर मन्त्री पोखरेललाई भेटेरै आफूले थालेका काम अघि बढाउन आग्रह गरेका हुन्।
थापाले पोखरेलसँगको भेटबारे जानकरी दिँदै फोटोसहित राखेर सकारात्मलक जवाफका लागि स्वास्थ्य मन्त्री पोखरेललाई धन्यवाद दिए।
थापाले स्वास्थ्य मन्त्री हुँदा पूर्व विशिष्ट सेवामा रहेकाहरुको स्वास्थ्य उपचारको मापदण्ड निर्माण, मानव अङ्ग प्रत्यारोपण सम्बन्धि संहिता, सेवाका आधारमा अस्पतालको वर्गीकरण, स्वास्थ्य ल्यावका उपकरणको एकद्वार प्रणाली सुरु गर्ने, सबै अस्पताललाई दर्ता प्रक्रियामा ल्याउने, निजी अस्पतालमा समेत नि:शुल्क सेवा तथा सहुलियत सेवा सुरु गर्ने लगायतका सुधारात्मक काम थालेका थिए।मा.स्वास्थ्यमन्त्रीलाई हामीले शुरु गरेका सुधारहरुको विबरण हस्तान्तरण गरेको छु। निरन्तरता दिने मन्त्रीज्यूको प्रतिबद्धताप्रति आभारी छु। pic.twitter.com/HsDQosV1JL
— Gagan Thapa (@thapagk) August 6, 2017